भारतीय राजदूत श्रीवास्तव पहलगाम आक्रमणमा निधन भएका न्यौपानेको घरमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
1k
Shares
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भारतको जम्मू–कश्मीरको महलगाममा भएको आतंकवादी हमलामा निधन भएका बुटवलका सुदीप न्यौपानेको घरमा पुगेका छन् ।
उनी सुदीप न्यौपानेको घरमा पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मर्माहत परिवारलाई समवेदना व्यक्त गरेका छन् ।
गत अप्रिल २२ तारिखमा पाकिस्तानी आतंकवादीले गरेको धार्मिक आक्रमणमा परी सुदीपको निधन भएको थियो ।
सो घटनामा उनकी आमा घाइते भएकी थिइन् । सो घटनामा सुदीपसहित २७ हिन्दूधर्मीलाई नाम र धर्म सोधेर अन्धाधुन्ध गोली हानेर आतंकवादीले मारेका थिए ।
१० जना भन्दा बढी घाइते भएका थिए । त्यसयता भारतले उक्त आक्रमणको बदला लिने गरी ‘अपरेशन सिन्दूर’ चलाएको छ । सो आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानको सात सहरका नौ ठाउँमा रहेका आतंकवादीका बस्ती उडाइदिएको थियो । जसमा सय जनाको हाराहारीमा आतंकवादी मारिएका थिए ।
यसलाई भने पाकिस्तानले आफ्नो देशमाथि आक्रमण भएको ठानेर जवाफी कारबाही थालेको थियो ।
तर भारतले त्यसलाई नकाम बनाइदिएपछि शनिबार साँझदेखि युद्धविराम भइरहेको छ । यद्यपि युद्धविराम भएको तीन घण्टापछि पाकिस्तानले आक्रमण गरेको भए पनि भारतले उक्त कदमलाईसमेत निस्तेज पारेको जनाएको छ ।