arrow

नीति तथा कार्यक्रम बहुमतले पारित, सबै ३७ संशोधन प्रस्ताव अस्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
parliament-82-1-28.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

गत वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । 
    
आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ