arrow

भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
India-pakistan.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारत र पाकिस्तानबीचको संघर्ष विराम (युद्धविराम) जारी रहेको छ । दुवै देशले आफ्ना आफ्ना अपरेशन थालेसँगै अमेरिकी पहलमा संघर्षमा विराम लागेको थियो । 

बढी आक्रमण भएका भनिएका क्षेत्रहरु राजस्थान–पञ्जाब र जम्मू–कश्मीरको अवस्था सामान्य रहेको छ । 

यसैबीच भारत र पाकिस्तानबीच आज भारतीय समयअनुसार मध्यान्ह १२ बजे सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीच वार्ता हुनेछ । 

गत आइतबार समाचार एजेन्सी एएनआईले सूत्रलाई उधृत गर्दै भारतले युद्धविरामपछि पाकिस्तान डीजीएमओसँग वार्ता हुने बताएको थियो । यो वार्ता अर्को कुनै देशले मध्यस्थता नगर्नेसमेत बताइएको छ । 

सीमामा स्थिति सामान्य भएसँगै बजारमा चहलपहल बढेको छ । भारतीय हवाई फोर्सले भने अपरेशन सिन्दूर जारी रहेको बताएको छ । उसले आफुनो लक्ष्य हासिल गरेकोसमेत उल्लेख गरेको छ । 

समय आउना साथ यसको जवाफ दिने सेनाले जनाएको छ । अपरेशन सिन्दूर ७ मेमा शुरु भई १० मेसम्म चलेको थियो । सो क्रममा पाकिस्तानी गोलाबारीमा परी ७ जवान शहीद भएकोसमेत सेनाले जनाएको छ । ६० जना घाइते भएका छन् । यस बाहेक २७ सर्वसाधारण मारिएको पनि सेनाले जनाएको छ । 

भारतले पाकिस्तानका ४० जना सैन्य अफिसर मारिएकोसमेत उल्लेख गरेको छ ।

पाकिस्तानले १० मेमा युद्धविराम लागू भएको तीन घण्टापछि नै युद्धविराम तोडेको थियो । ड्रोन आक्रमण गरेको थियो । यद्यपि भारतीय सेनाले त्यसलाई नष्ट गरेको उल्लेख गरेको छ । 

अघि अप्रिल २२ मा एक नेपालीसहित २७ जना हिन्दूधर्मीलाई आतंकवादीले निर्मम हत्या गरेपछि ७ मेमा भारतले थालेको अपरेशन सिन्दूरबाट पाकिस्तानका सात सहरमा रहेका नौ आतंकवादीका स्थल ध्वस्त पारेको थियो । जसमा सय भन्दा बढी आतंकवादी मारिएका थिए ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ