पाकिस्तानी सेना भन्छ – हामीसँग कोही भारतीय सैनिक छैनन्
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
1.4k
Shares
तस्बिर – पाकिस्तानभर ‘यौम–ए–तशक्कुर’ (यो उर्दु शब्दको अर्थ धन्यवाद हुन्छ) मनाइएको छ ।
काठमाडौँ । पाकिस्तानी सेनाले भारतका कुनै पनि सेना आफूहरुको नियन्त्रणमा नरहेको जनाएको छ ।
सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरलले भारतसँगको झडपपछि कोही पनि भारतीय सेना आफूहरुको नियन्त्रणमा नरहेको बताएका हुन् । कोही भारतीय पाइलट पनि पाकिस्तानसँग नरहेको दाबी गरिएको छ ।
पाकिस्तानले भारतविरुद्धको सैन्य अपरेशन ‘बनयान–उन–मर्सूस’ सफल भएको दाबीसमेत गरेको छ । योसँगै पाकिस्तानभर ‘यौम–ए–तशक्कुर’ (यो उर्दु शब्दको अर्थ धन्यवाद हुन्छ) मनाइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरीफले शनिबार भारतलाई आक्रमणको कडा जवपाm दिएको भन्दै देशभर ‘यौम–ए–तशक्कुर’ मनाउने घोषणा गरेका थिए ।