सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
2.6k
Shares
फाइल तस्बिर
सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुने बताए ।
गृहमन्त्री लेखकले भने, “देश राजनीतिक स्थायित्व र सुशासनतर्फ अगाडि बढिरहेको छ, वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ, शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।”
उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।