काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएसँगै मिश्र हिरासतबाट मुक्त भएका हुन् ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका आरोपी भन्दै प्रहरीले १५ गते नै पक्राउ गरेको थियो ।
बन्दी प्रत्यक्षीकरणको निवेदन ४५ औँ दिनमा मात्र परेकाले उनी ४९ औँ दिनमा छुटेका हुन् ।