arrow

संगीत कम्पनीबाट राष्ट्रपति ओवामालाई जागिरको प्रस्ताव !

८ वर्ष राष्ट्रपति बनेका ओवामा संगीतको सूची तयार पार्ने काममा जाने स‌ंकेत

logo
प्रकाशित २०७३ माघ २ आइतबार
obama_s_1024_1484115532_749x421.png
काठमाडौं । अमेरिकामा ८ वर्षसम्म राज गरेर लोकप्रिय राष्ट्रपतिको सूचीमा आफूलाई उभ्याउन सफल भएका अमेरिकी निवर्तमान राष्ट्रपति बाराक ओवामा अहिले ह्वाईटहाउसमै बस्छन् । उनी २० जनवरीसम्म ह्वाईट हाउस मै बस्न पाउँछन् । तर अचम्मको कुरा के छ भने ८ वर्षसम्म राष्ट्रपति बनिसकेका ओवामालाई जागिर खानको लागि ह्वाइट हाउस छाड्नुभन्दा अगाडिदेखि नै ओईरो लाग्न थालेको छ । 
 
उनले कतै जागिर खालान् कि नखालान् त्यो उनको सोचाईको कुरा हो । तर उनलाई सबैभन्दा पहिले अनलाईन म्यूजिक कम्पनीबाट कामको लागि प्रस्ताव आएको थियो । स्वीडेनको उत्तः कम्प्नीले ओवामालाई प्रेसिडेन्ट अफ प्लेलिस्ट्स पदमा अफर गरेका थिए । यदी ओवामाले यो अफर स्वीकार गरे भने उनी प्लेलिस्ट बनाउने काम सुरु गर्नुपर्नेछ । अर्थात् गीतहरुको सूची तयार पार्नुपर्नेछ ।  
 
कम्पनीले यस पदको लागि विज्ञापन पनि गरेको छ । तर, यसको लागि न्यूनतम योग्यता अमेरिकामा कम्तीमा ८ वर्ष राष्ट्रपति बनेको हुनुपर्ने तोकिएको छ । 
 
मजाक गर्दा भयो प्रस्ताव 
ओवामाले पनि केही दिन पहिले मजाक गर्दै कुनै राम्रो जागिर पाएको खण्डमा आफूले काम गर्ने र आफू त्यसैको प्रतिक्षामा रहेको बताएका थिए । त्यसैको केही दिनमा कम्पनीले ओवामा बाहेक अरुले दाबी गर्न नसक्ने गरी विज्ञापन निकालेको हो । अमेरिकी सञ्चारमाध्यमहरुले ओवामाले यस पदमा जागिर खाने मनस्थिती बनाईसकेको बताएको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ