arrow

चिसो बढ्दो, काठमाडौंमा तुसारो, तराईमा शीतलहर

logo
प्रकाशित २०७३ माघ २ आइतबार
mausam.jpeg
काठमाडौं । चिसो बढ्दै जाँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा जाडो शनिबार भएको थियो । न्यूनतम तापक्रम उक्त दिन ०.४ डिग्री सेल्सियस रहेकामा आइतबार बिहानको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस रहेको थियो । 
 
आइतबार बिहान सबैभन्दा कम जुम्लामा माइनस २.५ मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा ५.२, भैरहवामा ४, नेपालगञ्जमा ५.२, विराटनगरमा ३.७ तथा सिमरामा ४ डिग्री सेल्सियस रह्यो । 
 
काठमाडौंमा शुक्रबार बिहानमात्र एक जनाको मृत्यु भएको छ । कीर्तिपुरमा भरिया काम गर्ने एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
आइतबार बिहान काठमाडौंका विभिन्न ठाउँमा तुसारो परेको छ । हिमाली भेकमा चिसो झनै बढेको छ । फाट्फुट हिमपात पनि भएको छ ।
 
त्यस्तै तराईमा शीतलहर चलेको छ । दिउँसोको मौसम सामान्य रहे पनि बिहान साँझ भने चिसो बढेको बताइएको छ । 
 
आइतबार पश्चिमी भेकमा बादल लाग्ने, पूर्वी तथा मध्यमाञ्चलमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
पश्चिमी एक दुई ठाउँमा वर्षासमेत हुनसक्ने जनाइएको छ । राति भने पश्चिमी हिमाली भेकमा हिमपात हुनसक्ने मौसम महाशाखाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ