मेक्सिकन नौसेना जहाज न्यूयोर्कको पुलमा ठोक्कियो, १९ घाइतेमध्ये चार गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
1.2k
Shares
वासिङ्टन । मेक्सिकन नौसेना प्रशिक्षण जहाज कुआउह्तेमोक अमेरिकाको न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएको छ। जहाज पुलमुनिबाट गुज्रिरहेको बेला यो घटना भएको हो ।
यो दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा जहाजको माथिल्लो भाग पुलमा ठोक्किएको देखिन्छ। न्यूयोर्कका मेयरले यो जहाजको ठोक्काइमा १९ जना घाइते भएको बताएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
मिडियाका अनुसार कुआउह्तेमोकमा २०० भन्दा बढी चालक दलका सदस्यहरू थिए । जहाज मैत्रीपूर्ण भ्रमणमा न्यूयोर्क पुगेको थियो । न्यूयोर्क आपतकालीन संकट व्यवस्थापन एजेन्सी (एनवाईसीईएम) ले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
यसैबीच मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको र यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। न्यूयोर्क अग्नि नियन्त्रण विभागले घाइतेहरूको उपचार भइरहेको जनाएको छ।