arrow

अढाई सय सवार नौसेना जहाज न्यूयोर्कको पुलमा ठोक्किँदा दुईको मृत्यु, १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
ship-ny-accident.jpg

वासिङ्टन । मेक्सिकन नौसेना प्रशिक्षण जहाज कुआउह्तेमोक अमेरिकाको न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएको छ। जहाज पुलमुनिबाट गुज्रिरहेको बेला यो घटना भएको हो । 

यो दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा जहाजको माथिल्लो भाग पुलमा ठोक्किएको देखिन्छ। न्यूयोर्कका मेयरका अनुसार जहाजको ठोक्काइबाट २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । केही गम्भीर छन् । 

मिडियाका अनुसार कुआउह्तेमोकमा दुई सय ५० भन्दा बढी सवार थिए । जहाज मैत्रीपूर्ण भ्रमणमा न्यूयोर्क पुगेको थियो । न्यूयोर्क आपतकालीन संकट व्यवस्थापन एजेन्सी ९एनवाईसीईएम० ले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।


यसैबीच मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको र यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। न्यूयोर्क अग्नि नियन्त्रण विभागले घाइतेहरूको उपचार भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ