arrow

'पानी खान पाउने आशामा १० वर्ष अघि १५ हजार बुझार्इयो, न पानी पाइयो न पैसा'

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Khanepani_Sasthan.jpeg
काठमाडौं । खानेपानीको अभाव रहेकाहरुलाई खानेपानी उपलब्ध गराईदिने आशा देखाउने कोही व्यक्ति आउँछ भने विचरा गाउँलेहरुले उसलाई भगवान भन्दा सानो नसम्झोलान् । इनारको पानी खान बाध्य व्यक्तिहरुलाई धाराको पानीको आशा देखाएर कसैले त्यसैमा बेइमानी गर्छ भने त्यसलाई मानवीय संवेदनहीनताको पराकाष्ठाको अनुपम उदाहरण मान्न सकिन्छ । त्यस्तै मानवीय संवेदनहीनताको उदाहरण देखिएको छ इटहरीको बकलारीबासीका स्थानीयहरुमा ।
 
सामुदायिक सहयोग संगठन कोसानले गाविसको झण्डै २० हजार परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने भनेर प्रति घरबाट १५ १५ हजारको दरमा रकम संकलन गरेपनि अहिलेसम्म स्थानीयले स्वच्छ पानी पाउन सकेका छैनन् ।
 
यसरी रकम उठाएको १० वर्ष भईसकेको छ । तर, सरदर ६० लाखको ती खानेपानी आयोजना मध्य दुईवटा आयोजना सफल भएर धेरैैले पानी त पाएका छन् । तर, यो भेगका मानिसहरुले भने अहिलेसम्म पनि पानी पाएका छैनन् । 
 
खानेपानीका लागि अग्रिम पैसा बुझाएर पनि पानी उपलब्ध हुन नसकेपछि लक्ष्मी भट्टराईले योजना नै असफल भएको गुनासो गर्दै पैसा फिर्ता माग्दा पनि दिँदैनन् र योजना छिटो सफल पार्न आग्रह गर्दा आलटाल गरिँदै आएको गुनासो गरिन् । बकलौरी क्षेत्रका समस्या विषयमा खरो उत्रँदै आएका पुष्प प्याकुरेलले कि आयोजना सफल पारेर बकलौरीवासीलाई पानी खुवाउनु प¥यो होइन भने यो योजनाविरुद्ध हामी बकलौरीवासी पैसा फिर्ता गराउनका लागि कडा आन्दोलनमा उत्रने तयारीमा लागेको बतार्इन्। 
 
त्यसैगरी सामूहिक धारा राख्ने योजनाअनुसार सातदेखि १० वटा घर मिलेर प्रतिपरिवार रु एक हजार ५००का दरले पनि योजनाले पैसा उठाएको थियो । तर योजना नै असफल भएपछि बकलौरीको मुख्य बजार, सरकारी कार्यालयहरु रहेको तथा विद्यालय भएका क्षेत्रका बासिन्दाले भने अहिले तत्काल पानी प्राप्त गर्न सक्ने अवस्था नरहेको पाइएको छ । खानेपानी टङ्की निर्माण भएको नजिकै घर भएकी गया चौधरीले भनिन् – “म त त्यो टङ्कीको कालो लेदो आउने पानी मरे काटे पनि खान्न भनेर चापाकलकै पानी चलाउँदै आएको छु” । 
 
बकलौरीवासीलाई पानी आपूर्तिका लागि बनेका पाँचवटा समितिमध्ये आदर्श खानेपानी योजनाका अध्यक्ष क्यामकुमार श्रेष्ठले पहिला पानीको स्रोत भेटिएको र अहिले पानी वितरणको अन्तिम काम गर्ने क्रममा पानीको स्रोत अन्यत्र नै सरेर गएको तथा लेदो र कालो पानी निक्लेकाले त्यसको विकल्पको खोजी कार्य भइरहेको बताए । 
 
स्थानीयवासीले पैसा लगानी गरेर पनि पानी पिउन नपाउनु भनेको उनीहरुमाथि अन्याय नै भएको भन्न सकिने अवस्था रहेको पाइएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ