arrow

निर्वाचन जेठमा : मन्त्री कार्की

logo
प्रकाशित २०७३ माघ २ आइतबार
ramkarki.jpg.jpeg
विराटनगर । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराए । 
 
मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे। स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताए  । 
 
उनले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ