काठमाडौं । घोषित रुपमा नेपालमै ठूलो कारोवारको सम्झौता सोमबार भएको छ। टेलिफोन सेवा प्रदायक संस्था एनसेलको ६० प्रतिशत शेयर १ खर्व ४० अर्वमा बिक्री भएको छ।
टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले १०३० मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ४० अर्ब रुपैयाँमा मलेसियन कम्पनी एक्जियटालाई आफ्नो ६० प्रतिशत बिक्री गर्ने सम्झौता गरेको हो।
एसअघि एनसेलमा नर्वेजियन कम्पनी टेलियासोनेरा, कजाख कम्पनी भाइजर र नेपाली निरज गोबिन्द श्रेष्ठको साझेदारीमा लगानी थियो । टेलियासोनेराले श्रेष्ठको सेयर पनि बिक्री गरेको छ ।
एनसेल बेच्ने बारे सोमबार नै प्रारम्भिक सम्झौता भएको र ६ महिनाभित्र सबै प्रक्रिया पुरा हुने बताइएको छ। एक्जियटा नयाँ हकदार कम्पनी भएकोमा आफु खुसी भएको टेलियासोनेरका अध्यक्ष तथा सिइओ जोहान डेन्नेलीन्डले बताएको टेलिसोनराले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।