arrow

छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रपति भण्डारीको निम्तो

शीतल निवासमा तामझामको तयारी

logo
प्रकाशित २०७३ माघ २ आइतबार
gyanendra-shah1.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहले पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रपतिको कार्यालयमा पाइला टेक्ने अवसर जुरेको छ । राष्ट्रपति भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्तो पठाएको र पूर्वराजाबाट विवाहमा सहभागिता जनाउने जानकारी आएको राष्ट्रपतिको निजी सचिवालयले स्रोतले जनाएको छ ।

सोमबार राष्ट्रपति भवनभित्रै राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति डा. रामवरण यादवका नातेदारबीचको साइनो औपचारिक रुपमै गाँसिदै छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवसँग हुँदैछ ।
अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै अभिषेक र निशाकुसुमको शीतल निवासमै इंगेज्मेन्ट (टीकाटालो) भएको थियो ।

विवाह समारोहमा पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजे लागि शीतलनिवास निम्त्याइएको शीतल निवास स्रोतले बतायो । पूर्वराजा ज्ञानेन्द्रले देशमा गणतन्त्र बहालीपछि एक पटक शीतलनिवास भित्र टेकेका छैनन् । पूर्वराजपरिवारमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आए सहभागिता जनाउने संस्कार छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई निम्ता दिइएको छ ।  यस्तै, निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको बताइएको छ ।

शीतल निवासमा केही दिनदेखि अघिबाटै विवाह समारोहको तयारी भइरहको थियो । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीचको प्रेम अब विवाहमा परिणत हुँदैछ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनता देखिनै  निशाकुसुमका सहपाठी हुन् । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो घरमा वैवाहिक कार्यक्रम राखिएको छ ।

कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । यद्यपि, वैवाहिक कार्यक्रमलाई भने छोटो र सामान्य नै हुने बताइँदै छ । राष्ट्रपतिका तर्फबाट धेरै निम्तालु नरहेका र दुलाहा पक्षलाई समेत सामाजिक व्यवहार सुधार ऐनले तोकेको ५१ जनाभन्दा बढी जन्ती ल्याउन भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ