arrow

ग्यास चुहावट भई आगलागीमा परेर एकै परिवारका दाजुबहिनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
fire-final.jpeg

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर चुहावट भई भएको आगलागीमा परेर एकै परिवारका दाजु र बहिनीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार, आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्नेबित्तिकै आगलागी भएको थियो। आगलागीमा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए। उनीहरू दुवैको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा रेगुलेटर खोल्नेबित्तिकै ग्यास चुहावट भई एक्कासी आगो लागेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ