बिस्केक । हङकङबाट उडेको कार्गो विमान कीर्गिस्तानको मनास विमानस्थल नजिक दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु छ । बीबीसीले जनाए अनुसार विमान मनास विमानस्थल नजिकका घरहरुमा ठोक्किएर ध्वस्त भएको हो ।
टर्कीस एयरलाइन्सको बोइङ ७४७ विमान खराब मौसमका कारण दुर्घटनामा परेको टर्कीका स्वास्थ्य मन्त्रीले जनाएका छन् ।
मानस विमानस्थल बिस्केकदेखि २५ किलोमिटर उत्तरमा पर्छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।