arrow

राजावादीको आन्दोलन आज पनि, दुर्गा प्रसाईं समूहको छुट्टै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
rajabadi-andolan-82-2-15.jpg

काठमाडौँ । राजावादीहरूले बिहीबारदेखि थालेको नयाँ चरणको आन्दोलन अब अनिश्चितकालका लागि दैनिक हुने भएको छ । 

आन्दोलनलाई निरन्तरता दिने क्रममा आज रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन मध्यान्ह १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

यता दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भएको छ । प्रसाईं समूहले छुट्टै प्रदर्शन गर्ने भएको छ । 

उक्त समूहले शुक्रबारबाट माइतीघर केन्द्रित आन्दोलन हुने जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ