काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। नारायणचौरबाट प्रदर्शन सुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर (निषेधित क्षेत्र) तोडेर अगाडि बढ्न खोजेपछि थापालाई नियन्त्रणमा लिइएको हो।
राजावादीहरूले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी लगायतका माग राख्दै जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्।
अध्यक्ष थापालाई तत्काल ससम्मान रिहाइ नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी राजावादी समूहले दिएको छ।