arrow

जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेन, २६ हजार भन्दा बढी विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
fire-final.jpeg

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् ।  उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  

शनिबारसम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण उत्यन्न धुवाँले क्यानाडा र अमेरिकाका  केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ ।

अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ