arrow

अचम्म ! राष्ट्रपतिका छोरालाई कुकुरले टोकेरै मार्‍याे

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
Gambiya.jpeg
एजेन्सी । गाम्बीयाका राष्ट्रपति आडमा बैरोका छोरा हबिबु बैरोको कुकुरको टोकाइबाट ज्यान गएको छ । जम्मा ८ वर्षका बैरोलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई सोमबार नै कुकुरले टोकेर निधन भएको बताईएको छ । 
आडमाले पछिल्लो वर्ष राष्ट्रपति पदमा निर्वाचन जितेका थिए । तर बहालवाला राष्ट्रपतिले पद छाड्न मानेका छैनन् । उनी त्यसैले राजधानीमा नबसेर सेनेगलमा बसिरहेका छन् । 
 
अहिलेका बहालवाला राष्ट्रपति याहाया जामेहले पद छाड्नुको सट्टा उनले सैन्य हस्तक्षेप गर्ने कि के गर्ने भन्ने मनस्थितीमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि याहया आफैंले बैंरोको सफत रोक्नको लागि त्यहाँको सर्वाेच्च अदालतमा मुद्दा पनि दायर गरिसकेका छन् । 
तर, सोमबारको इजलासमा न्यायाधीसले कुनेपनि पक्षमा फैसला गर्न इन्कार गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ