मध्यपहाडी लोकमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
453
Shares
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा 'आर्क ब्रिज' निर्माण शुरु भएको छ। राजमार्गको पर्वतखण्ड कालोपत्रे भई सम्पन्न भएको दुई वर्षपछि यस पुलको निर्माण हुन लागेको हो।
मोदी गाउँपालिका–२ पातीचौर र मोदी गाउँपालिका–६ डिमुवा जोड्ने गरी यो पुल निर्माण हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार, आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पुल विभागबाट स्वीकृति प्राप्त भइसकेको छ। पुल निर्माण हुने स्थानमा रहेका विद्युतीय उपकरणहरू हटाउने काम भइरहेको इन्जिनियर मिश्रले जानकारी दिए। ६२ मिटर लामो र ११ मिटर चौडा यो पुल निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।