arrow

भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ- सांसद सुवाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
prem-suwal.jpg

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने कडा भनाइ राखेका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सांसद सुवालले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसै पैसाले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने अनि फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको आरोप लगाए। उनले नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर 'घ्यु भात खाने' हरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

"सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने," सुवालले भने, "विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो। यसरी नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन्? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ।"

उनले गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भूटानी शरणार्थी जस्ता विभिन्न भ्रष्टाचारका प्रकरणहरू उल्लेख गर्दै जहाँजहाँ जसले पैसा खाएको छ, नेपाली जनताले अब त्यसरी नै नाङ्गेझार बनाउनुपर्ने बताए। सुवालले भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्ने र भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुनेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ