arrow

अमेरिकी सेनासँगै मैदानमा नेपाली सेना

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
nepal-army-nnn.jpeg

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक तालिम सुरु भएको छ । नेपाली सेनाको महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाबीच मंगलबारबाट व्यालेन्स नाइल सेभेन्टिन–थ्रर्टी इलाभेन नामक सैन्य अभ्यास सुरु भएको हो

योे संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच पहिले देखि नै हुँदै आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषय समावेश छन् । तालिम आउँदो फागुन १८ गतेसम्म चल्ने छ । अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाका टोली मिति २८ पुसमा आवश्यक नेपाल आईपुगेको थियो ।

नेपाली सेनाले अन्य मित्रराष्ट्रका सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई अभिबृद्धि गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ