arrow

इस्तानबुलको रात्रि क्लबमा आक्रमण गर्ने प्रहरीको नियन्त्रणमा

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
istanbul.jpeg
इस्तानबुल । टर्कीको ठूलो सहर इस्तानबुलमा अवस्थित एक रात्रि क्लबमा आक्रमण गर्ने व्यक्ति समातिएको प्रान्तीय गभर्नरले जानकारी दिएका छन् । नयाँ वर्ष सुरु भएको दिनमा भएको यस आक्रमणमा कम्तीमा ३९ व्यक्तिको मृत्यु भएको थियो ।
 
रैइना नाम गरेको यस रात्रि क्लबमा भएको आक्रमणको १७ दिन पछाडि ती आक्रमणकारी समातिएको सरकारी स्रोतले जानकारी दिएको छ । 
 
अब्दुल्गादिर मशारिपोभ नामक उज्बेक नागरिकलाई इस्ताबुलको इसेनयुर्ट जिल्लामा रहेको अपार्टमेन्टबाट सोमबार राति पक्राउ गरिएको बताइएको छ । 
 
कारबाहीको क्रममा ती व्यक्तिसँग १ लाख ५७ हजार अमेरिकी डलर, दुई वटा चालकरहित विमानलगायत अन्य हतियारहरु भेटिएको बताइएको छ । 
 
ती व्यक्तिसँगसँगै एक इराकी पुरुष र अफ्रिकाको विभिन्न राष्ट्रका तीन महिलासमेत पक्राउ परेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ