arrow

नेपाल-भारत रणनीतिक संवाद

नेपाल-भारत सम्बन्धलाई आर्थिक साझेदारी र कनेक्टिभिटीमार्फत थप सुदृढ बनाउनुपर्छ- परराष्ट्रमन्त्री देउवा [भिडियो]

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
arju-rana-29.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच व्यापार, पारवहन, र लगानीलाई तीव्रता दिँदै कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताएकी छन्।

नेपाल-भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन्। उनले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी तथा कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने स्पष्ट पारिन्। नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको उनको भनाइ थियो।

मन्त्री राणाले नेपाल-भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेको प्रसंग उल्लेख गर्दै नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति, र भावनामा आधारित रहेकाले उनीहरूबीचको जनसम्पर्क, सहकार्य, र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन्।

मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू, र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताएकी छन्। उनले अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास, र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरूलाई साझा रूपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ