arrow

अख्तियारले १० करोड धरौटी माग्यो, थुनामा पर्ने डरले रकम खोज्न दौडिए वन्त

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
onta-@.jpg.jpeg
काठमाडौं । सार्वनिक खरिद र ढुवानी अनियमितता गरेको छानविनका क्रममा निलम्बित सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तसंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड धरौटी मागेको छ । निलम्वित महानिरिक्षक वन्त १० करोड धरौटी बुझाउने बचन दिएर बाहिरिएका छन् । सोमबार साँझ अख्तियार हाताबाट बाहिरिंदै १ घण्टाभित्र १० करोड धरौटी ल्याउँछु भने । 
 
वन्तसँग १० करोड धरौटी मागेको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले स्वीकार गरेका छन् । पुस्करले १० करोड धरौटी मागिएको र वन्तले बुझाउँछु भनेको जानकारी दिए । धरौटी नबुझाए वन्त थुनामा पर्ने छन् । बयानका क्रममा अख्तियारले वन्तसँग १० करोड धरौटी मागेको पुस्करले बताए । 
 
अवकास पाउन तीन महिना बाँकी रहँदा वन्तलाई अख्तियारले भ्रष्टाचार अभियोगमा छानविनको घेरामा पारेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनमा परेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई विहिबार मात्रै निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो । सरकारले निलम्बन गर्नु अघिनै राजीनामा दिएका वन्त मन्त्रिपरिषद्बाट तीन महिनाका लागि निलम्वित भएका छन् । वन्तको निलम्बन पछि बढुवाको लागि एक नम्बर रोल क्रममा रहेका एआईजी दुर्जकुमार राईलाई सरकारले कामु सशस्त्र प्रहरी महानिरीक्षक बनाएको छ । 
 
के गरेका थिए वन्तले ? 
आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा विभिन्न समयमा मुलुकभर रहेका सशस्त्र प्रहरीको विभिन्न युनिटमा सामान ढुवानी गर्दा महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएको थियो । सामान ढुवानी प्रक्रियामा अनियमितता भएको भन्दै आयोगमा परेको उजुरीमाथि अनुसन्धान गरिँदा महानिरीक्षक वन्त र अन्य अधिकारीको संलग्नता देखिएको अख्तियारको जिकिर छ । 
 
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त विरुद्ध २०७१साल असारमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक वन्तले अवैध तरिकाले आर्जन गरेको सम्पत्ति अष्ट्रेलियामा रहेकी भाउजूलाई हुण्डी गरेर पठाउने गरेको र उताबाट भाउजूले बैंकमार्फत सो पैसा नेपाल पठाई कालो धनलाई सेतो बनाउने गरेको आरोपसहितको उजुरी अख्तियारमा दर्ता भएको थियो । वन्तको उजुरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं हेरिरहेको बुझिएको बताइएको थियो । त्यसरी आएको रकम वन्तले ललितपुरको इमाडोल–७, ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा लगानी गरेको बताइएको छ । 
 
तर त्यसयता अकुत सम्पत्ति कमाएको आरोपमा वन्तको सम्पूर्ण खाताहरु रोक्का राखि अख्तियारले छानबिन थालेकोमा उनको अनुसन्धान मुल्तबीमा राखिएको थियो । वन्तको करोडौं सम्पत्ति देखिएको भन्दै आयोगले प्राथमिकतामा राखेर उनीमाथि छानबिन थालेको थियो। प्रहरीमा प्राविधिक पृष्ठभूमी भएका वन्त एक पटक पनि शान्ति मिसन गएका छैनन् । 
 
तलब बाहेक उनको प्रहरी सेवामा कुनै बैधानिक कमाई नभएपनि सम्पत्ति करोडौंको देखिएपछि आयोगले छानबिन थालेको थियो । आयोगमा लोकमानसिंह कार्की नियुक्त भएलगत्तै उनले अकुत सम्पत्ति छानबिनमा सार्वजनिक गरेको लिष्टमा वन्तको अग्रस्थानमा थियो । वन्तले आफ्नो सम्पत्तिको स्रोत देखाउन नसकेपनि उनको अनुसन्धान मुल्तबीमा राखिएको हो। मुलतवीमा राखिएपछि यो प्रकरणलाई वन्तले अख्तियारलाई सेटिङ मिलाएको अर्थमा बुझिएको छ । 
 
फौजी संगठनमा प्राविधिक व्यक्ति प्रशासनमा जान पाउदैन । तर वन्तले नेताहरुलाई प्रभावित बनाई एसएसपीबाट प्रशासनतर्फको डीआईजी भएका थिए । एसएसपीको रुपमा उनले उनले सशस्त्र मुख्यालय तथा प्रहरी हस्पिटलको निर्माणमा करोडौं कमाएको आरोप उनीमाथि लागेको छ । ठेकेदार शकुन्तलाल हिराचनसग मिलेर उनले ती भवनहरु बनाउन मोटो कमिसन हात पारेका आरोप छ । वन्तको शेयर रहेको मोदी हाइड्रोमा उनै ठेकदार हिराचन अध्यक्ष छन् । कसिमनबापतकै पैसा शेयरमा बदलेको स्रोत भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ