arrow

सात वटै उच्च अदालतका ८० न्यायाधीशले एकै पटक खाए सपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ ५ बुधबार
supreme-court-of-Nepal-Final1.jpg.jpeg

काठमाडौं । उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा वुधबार आयोजित विशेष समारोहमा न्यायाधीशहरुलाई सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

समारोहमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसी, जनकपुरका उच्च अदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर बस्नेत, पाटन उच्च अदालका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तान, पाटन उच्च अदातलका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश डम्बरबहादुर शाही र दिपायल उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले आ–आफ्नो क्षेत्रका न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ दिलाए ।

सपथ समारोहमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सर्वोच्च अदालतका न्यायाधीश उपस्थित रहे । प्रधानन्यायाधीश कार्कीले पुस २९ गते सात वटै उच्च अदालतमा ८० जना न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा नियुक्त गरेकी हुन् ।

परिषद्ले पुस २८ गते मध्यरातमा नियुक्तिका लागि सिफारिस गरेको थियो । न्यायपरिषदको सिफारिस अपारदर्शी र असंवैधानिक भन्दै नेपाल बार, सरकारी वकिल समाज, महान्यायाधिवक्ताको कार्यालयका ट्रेड युनियन र केही दलले विरोध गरिरहेकै छन् । विरोधबीच न्यायाधीशहरुको सपथ भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ