arrow

म्याद सकिएको महिला संघलाई पार्टीले प्रश्रय दिएपछि २० पूर्व सदस्यको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल महिला संघको कार्यसमितिको म्याद सकिएको भन्दै महाधिवेशनका लागि दबाब दिन कार्यसमितिबाट राजीनामा दिएका २० सदस्यहरुले पार्टीले नै अध्यक्षको मनोमानीलाई समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् । 

गत चैत मसान्तभित्र निर्वाचन गर्न अन्तिम समय सीमा दिएको पार्टीले अहिलेसम्म नेतृत्वले चुनाव नगर्दासम्मसमेत न त उक्त कार्यसमिति विघटन गरेको छ न त चुनावका लागि कुनै पत्र नै काटेको छ । 

राजीनामा दिएका २० केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेखेर केन्द्रीय अध्यक्षको एकलौटी मनोमानी हेरिरहन नसकेको यथार्थ दोहोर्याएका हुन् । 

उनीहरुले पार्टीले गठन गरेको निर्देशक समितिले संघको काम कारबाहीलाई विधानसम्मत तवरले सहमति र सहकार्यका आधारमा अघि बढाउँछ भन्ने विश्वास विपरीत निर्देशक समितिले अध्यक्षले गरेको एकलौटी र अवैधानिक क्रियाकलापलाई नै बल पुर्याएको स्पष्ट देखिएको बताएका छन् । 

चैत मसान्तमा म्याद सकिए पनि जिल्ला जिल्लामा पत्राचार गरी दवाब दिने गरेको जानकारी जिल्लाका नेतृहरुबाट आएको भन्दै पुरानो  क्रियाशील सदस्यहरु नविकरण नगरी नाटकीय र मनोमानी तरिकाले अधिवेशन गराउने दुस्प्रयास भैरहेको भन्दै आपत्ति जनाएका छन् । 

कांग्रेसले आफ्नो नियमित महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि कम्तीमा एक वर्ष ढिला हुने निश्चित छ । महिला संघमा ९ वर्षदेखि महाधिवेशन भएको छैन । 

नेपाल किसान संघ १८ वर्ष, नेपाल दलित संघ १३ वर्ष, नेपाल तरुण दल १० वर्ष र नेपाल विद्यार्थी संघमा ८ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ