काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवल शम्शेर राणा ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी सोमबारै धरौटी बुझाएर छुटेका हुन् ।
उनी सोमबार बिहान अदालतमा हाजिर भएका थिए । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा हाजिर जमानीमा क्यान्सर उपचारको लागि भारत फलोअपमा जानका लागि छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन् ।
चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो ।