arrow

सरकार अझै संक्रमणकालीन अवस्थाको स्वाङ् पारीरहेको छ : ओली

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
oli-large.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले चुनाव संविधान संसोधनसँग सम्बन्धित नभएको बताउँदै संक्रमणकालीन अवस्थाको स्वाङ् पारिरहेको बताका छन् । एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले सरकार संक्रमणकालीन अवस्थाको निहुँ पारी संविधान कार्यान्वयन र निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका हुन् ।

सरकार जनताको आवश्यकता विपरीत उल्टो बाटो हिँडिरहेको टिप्पणी गर्दै ओलीले दुई चार जनाले भनेका भरमा संविधान संशोधन नहुने जिकिर गरे । यस्तै, अध्यक्ष ओलीले ५ नम्बर प्रदेश टुक्र्याई तराई र पहाडलाई एक अर्काबाट अलग गराउने षड्यन्त्र एमाले कदापि सफल हुन नदिने बताए ।

ओलीले भने, ‘५ नम्बर प्रदेश लाई टुक्र्याएपछि ५ नम्बर टुक्र्याउँदा के भयो र ? भन्दै १ नम्बर र २ नम्बर प्रदेशलाई लाई समेत टुक्र्याउने खेल सुरु हुन्छ । यसमा एमाले अहिल्यैदेखि सचेत छ ।’ ओलीले चुनावको मिति घोषणा गराएरै छाड्ने ठोकुवा गर्दै, चुप लागेर बसे चुनाव गराउन आफ्नो पार्टीले नत्थी लाएर भएपनि सरकारलाई बाध्य पार्ने उल्लेख सुनाए । कार्यकर्ता भेलामा अध्यक्ष ओलीले पार्टीले आउँदो फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्ने भन्दै तयार रहन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ