arrow

झापामा ‘प्रहरी मेरो साथी’ हुन सकेन

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
police-logo.jpg.jpeg
बनियानी (झापा)। झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् । 
 
कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताउनुभयो । प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उहाँको आरोप छ । 
 
त्यस्तै, अर्का स्थानीयवासी हेमलाल भट्टराईले सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गर्नुभयो । उहाँले सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो पोख्नुभयो । नगरवासी हजरत अलीले बजार क्षेत्रमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकाले नगरको अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको बताउनुभयो । 
 
प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने प्रहरी निरीक्षक कुलप्रसाद चौधरी बताउनुभयो । कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उहाँले आश्वासनसमेत दिनुभयो । 
 
भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको बताउँदै दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उहाँ बताउनुभयो । एकजना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको प्रनि चौधरीले जानकारी दिनुभयो । 
 
कार्यालय भवन अभावले प्रहरी नपठाउँदा बृहत् नगरको सुरक्षामा व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ