arrow

गृहमन्त्री निधिले कर्मचारीलाई भने–इमानदार भई काम गर्नुस्

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
nidhi.jpg.jpeg

सप्तरी । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सक्न कर्मचारीलाई निर्देशन दिएका छन् । सप्तरीको बरमझियामा कार्यालय प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिए ।

गृहमन्त्री निधिले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताए । सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको छ, भने ।

कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवं प्रतिनिधि सहभागि थिए । बैठकपछि मन्त्री निधिले नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरे । भेटमा निधिले संविधान संशोधन भएपछि निर्वाचन निश्चित हुने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ