arrow

प्रतिनिधि सभामा रक्षामन्त्री

काठमाडौँ–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशत: रक्षामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
manbir-rai.jpg

काठमाडौं। रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को भौतिक प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री राईले उपत्यकाबाहेक तराईका जिल्लाहरूमा द्रुत मार्गका लागि जग्गा लिने प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेखनीय प्रगति हासिल हुने विश्वास व्यक्त गरे। सरकारले २०७४ सालमा नेपाली सेनालाई जिम्मा लगाएको यो द्रुत मार्गको ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति भएको हो।

मन्त्री राईले भने, "काठमाडौं–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ। सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ। म के जानकारी गराउन चाहन्छु भने काठमाडौं बाहिरको तराईका सबै क्षेत्रको जमिनहरू लिने काम सबै सकिएको छ। यसका सबै प्रक्रियाहरू समाप्त भएको छ। त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ।"

बजेट अभावका कारण १८ वर्ष कटेका युवाहरूलाई नेपाली सेनाका लागि तयारी तालिम दिन नसकिएको पनि मन्त्री राईले स्पष्ट पारे। यस्तै, भविष्यमा नेपाल सरकारले निर्णय गरेको र आर्थिक रूपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहे पनि तत्काल कुनै कार्य अगाडि नसारिएको उनले स्पष्ट पारे। उनले नेपाली सेनाले जलविद्युत् आयोजनाहरूको सुरक्षा गर्ने तर जलविद्युत् निर्माणको काममा संलग्न नहुने पनि बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ