arrow

नेपाली कामदारको हकहितका लागि विदेशी नियोगसँगको पहल जारी छ : परराष्ट्रमन्त्री महत

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
prakash-sharan-mahat.jpg.jpeg

चितवन  । परराष्ट्र मन्त्री प्रकाशशरण महतले सरकारले ध्यान पुग्न नसकेका महत्वपूर्ण देशहरुसँगको सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागिपरेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै मन्त्री महतले सरकारको ध्यान नपुगेका तर विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताए ।

विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका लागि मन्त्रालयले विदेशी नियोगसँग छलफल जारी राखेको मन्त्री महतले बताए । पछिल्लो समयमा सडक राजनीति बढी भइरहेको र यसले नेपालको हित नगर्ने मन्त्री महतको भनाइ छ ।

संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटाएर अघि बढ्ने पनि मन्त्री महतले बताए । संविधान कार्यान्वयनका लागि स्थानीय निकाय र प्रदेशको निर्वाचन आवश्यक रहेको महतको भनाइ छ । स्थानीय निकायको निर्वाचन वैशाख वा जेठमा गरेपछि देश विकासले गति लिने मन्त्री महतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ