arrow

शंकरदास बैरागीको नेतृत्व

भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले गठन गर्‍यो उच्चस्तरीय समिति

गृहमन्त्री लेखकले संसदमा दिए जानकारी, अख्तियारको अनुसन्धानलाई कुनै किसिमको प्रभाव नपारिने, राप्रपा र रास्वपा शान्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
ramesh-lekhak-82-3-10f.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसा र अध्ययनका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेकाले यसको निष्कर्ष आएपछि आवश्यकताअनु्सार अनुसन्धान गरिने बताएका छन् । 

उनले जिम्मेवार आयोगले नै छानबिन गरिरहेकाले अर्को छानबिन समिति गठन गर्नु उपयुक्त नहुने बताउँदै अख्तियारले चाहेको सहयोग सरकारले व्यवस्था गरेका छन् । 

त्यस्तै दोस्रो बुँदामा उनले लामो समयदेखिको भिजिट भिसा प्रकरणको विगतदेखिको समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको र त्यसका लागि सरकारले महत्वपूर्ण निर्णय गरेको बताए । 

उनले अध्यागमनका सम्बन्धमा धेरै समस्या रहेको बताउँदै ती विगतदेखि नै हुँदै आएको जानकारी दिँदै कसरी सहज बनाउने भिजिट भिसाबारे भन्ने बारेमा सरकार गम्भीर रुपले ध्यानाकृष्ट भएको बताए । 

उनले हिजो नै सरकारले विगतदेखिका समस्या समाधान गर्न ठोस पहल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । 

उनले हिजो नै अख्तियारको कार्यमा असर नपर्ने गरी उच्च स्तरीय छानबिन समिति गठन गरिएको बताएका छन् । 

समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । 

पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ ओटा मन्त्रालयका सहसचिवहरु समेटेर समिति बनाइएको हो ।

गृहमन्त्रीले विशेष समय लिएर बोल्दा राप्रपा र रास्वपा शान्त रहे । उनीहरुले गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका थिए । 

उनले सहयोगका लागि सबै दललाई आग्रहसमेत गरेका छन् । 

यद्यपि लेखकले जानकारी दिएपछि फेरि रास्वपाका सांसदहरु उठेर विरोध गरेका छन् । राप्रपाले भने विरोध गरेको छैन । 

रास्वपाका सांसद एवं दलका उपसभापति स्वर्णिम वाग्लेले शंकरदास बैरागी नै किन भनी आपत्ति जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ