ललितपुरको टीकाथलीमा भीषण वर्षा, नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
694
Shares
काठमाडौं। ललितपुरको टीकाथली र आसपासका क्षेत्रमा भीषण वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेको छ।
विभागले आज एक सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले विभागले नदी तटीय क्षेत्रमा बस्ने तथा नदी किनारको सडकबाट यात्रा गर्ने सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।