arrow

अर्थ समितिमा राजस्व सचिव

आयात घटाउन केही वस्तुमा कर वृद्धि : सचिव घिमिरे [भिडियो]

सूचना प्रविधि र हाइड्रोजनमा आयकर छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
sachib-ghimirey.jpg

काठमाडौं। अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले सरकारले आयातमा निर्भरता घटाउने नीतिअनुसार केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन्।

सचिव घिमिरेले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि, हाइड्रोजन उत्पादनलगायतका क्षेत्रलाई आयकर छुटको सुविधा दिइएको उल्लेख गरे। उनले मूल्य अभिवृद्धि कर (भ्याट) राजस्व सङ्कलन प्रणालीको मेरुदण्ड भएको बताए, र सोही आधारमा वस्तुको प्रकृतिअनुसार कर लगाइएको स्पष्ट पारे।

घिमिरेले भने, "भ्याट देशको लागि राजस्व सङ्कलनको प्रमुख आधार नै हो। हामीले लिएको मूल नीति नै त्यही हो। त्यसकारण वस्तुमा भ्याट लगाउँदा राजस्व सङ्कलनमा प्रभावकारिता आउँछ भनेर नै २०५८ सालदेखि हामी त्यसमा प्रवेश गरेको हो।" उनले अर्थ मन्त्रालय र विभागहरूमा उत्पादित वस्तुमा भ्याट छुटका लागि अनुरोधहरू आउने गरे पनि सरकारको समष्टिगत नीति र प्राथमिकताका आधारमा निर्णय हुने गरेको बताए।

"अर्थ मन्त्रालयको तर्फबाट हामीले आफ्नो उद्योग कलकारखानालाई बढावा दिनुपर्छ भन्ने सरकारको नीतिअनुसार नै निर्णय लिन्छ," उनले थपे। उनले प्रस्तुत विधेयकमा पनि त्यस्ता क्षेत्रहरू पहिचान गरेर आयकरमा छुट दिइएको बताए। सरकारले राजस्व सङ्कलनको अवस्थालाई पनि ध्यान दिएर र आयातित वस्तुको करमा वृद्धि गरेको उनको भनाइ थियो। उद्योगी व्यवसायीहरूको चिन्ता र चासोको विषयमा पनि सरकारले उपयुक्त समयमा एउटा निर्णय गर्ने विश्वास उनले व्यक्त गरे।

सचिव घिमिरेले आयुर्वेदिक औषधि व्यवसायीको चिन्ता र चासोको विषयमा समेत सरकारले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ