arrow

सुमिरे टुर एण्ड ट्राभल्सद्वारा भिजिट भिसामा अर्बौंको बदमासी भएको सांसद खतिवडाको आरोप, निष्पक्ष छानबिनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
ramhariss.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा हजारौं मानिसबाट अर्बौं रुपैयाँ असुलेर बदमासी गरिरहेको आरोप लगाएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेका हुन्।

सांसद खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै, भिजिट भिसामा बदमासी गर्ने कम्पनीले सांसद किनेर संसदमा प्रतिनिधित्व गराएको टिप्पणी गरे।

उनले भने, "सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो। विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्।"

सांसद खतिवडाले आफ्ना कुरा राख्ने तर अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न पनि आग्रह गरे।

नेपालस्थित सुमिरे टुर्स एन्ड ट्राभल्स प्रालिको प्रबन्ध निर्देशक रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल (हरि) भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ