arrow

पर्वतमा जीप दुर्घटना: एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
Accident-sign.jpg

पर्वत। पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार, लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो। जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ