प्रधानमन्त्री ओली स्पेन पुगे, आज साँझसम्म सम्मेलनस्थल सेभिल्ला पुग्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
422
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको 'विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी हुनका लागि स्पेन पुगेका छन्।
प्रधानमन्त्री ओलीलाई मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझसम्म सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ।