arrow

अमेरिकी राष्ट्रपतिको सपथसँगै वाशिङटनमा ट्रम्प बिरोधी प्रदर्शन

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Protest_Washington_trump.jpeg
वाशिङटन डिसी। अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा भाग लिन आउनेलाई रोक्न ट्रम्प बिरोधीहरुले वाशिङटनका केही नाकाहरुमा अवरोध गरेका छन्। उनीहरुले शहरमा ट्रम्प बिरोधी प्रदर्शन पनि गरिरहेका छन्। 
 
प्रदर्शनकारीहरुले गाडी र केही पसलहरुमा पनि तोडफोड गरेका छन्। अमेरिकी राजधानीमा दंगा प्रहरी तैनाथ गरिएको छ भने प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रण लिने प्रयास गरिरहेका छन्। 
 
प्रदर्शनकारीहरुले बैंक अफ अमेरिकाको शाखा, म्याकडोनाल्ड्स र स्टारबक्सका आउटलेटहरुका सिसा फोडेका छन्।  प्रदर्शनकारीहरुले पुँजीवादका बिम्बका रुपमा मानिएका ब्यवसायहरुलाई निशाना बनाईरहेका छन्। 
 
प्रदर्शनकारीहरुले ट्रम्पलाई नश्लवादी रहेको आरोप लगाउँदै गोराहरुको एकात्मक राज्यको अन्त हुनु पर्ने बताईरहेका छन्। 
 
ट्रम्पका समर्थकहरुले अमेरिकाको सुनौलो भविष्यको आसा राखेको बताएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ