arrow

ट्रम्प र पुटिनबीच इरान र युक्रेनबारे वार्ता, ठोस प्रगति भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
trump-putin.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा टेलिफोन संवाद गर्दा कुनै ठोस प्रगति नभएको बताएका छन्। उनले पुटिनसँग लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको विषयमा पनि चर्चा भएको जानकारी दिएका हुन्।

रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार, लगभग एक घण्टा चलेको फोन वार्तामा पुटिनले मस्कोले युक्रेनसँगको द्वन्द्वमा आफ्ना लक्ष्यहरू प्राप्त गर्ने बताएका छन्। उशाकोभले युक्रेनसँगको तेस्रो चरणको वार्ताका लागि रूस तयार रहेको पनि जानकारी दिए।

ट्रम्प र पुटिनले यस वार्ताका क्रममा रूस र संयुक्त राज्य अमेरिकाबीच ऊर्जा र अन्तरिक्षसहित विभिन्न आर्थिक परियोजनाहरूको शृङ्खला कार्यान्वयन गर्न आफ्नो पारस्परिक चासो देखाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ