arrow

हरिशयनी एकादशीको रौनक: कालीगण्डकीमा स्नान र तुलसी रोपण

कालीगण्डकी नदीमा भक्तजनको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
kaligandaki-tulsi.jpg

पर्वत। हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी चतुर्मास व्रत थालनी गरिँदैछ। आजैदेखि चतुर्मास पर्व पनि सुरु हुँदैछ।

महत्त्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ। जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थलहरू मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो। मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ।

त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी गरी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको शालिग्राम शिला पाइने सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालुहरू आइपुगेका छन्। मोदीवेणीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन्।

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ। कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरेबराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ। हरिशयनी एकादशीका अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ।

आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ। तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ