arrow

नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा भीषण बाढी: मितेरी पुल बगायो, ११ जना उद्धारकर्मी फसे

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसरमा राखिएका गाडीहरू पनि बगायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
timmurey-rasuwa.jpg
तस्बिर फाइल - टिमुरेस्थित भन्सार कार्यालय परिसरमा राखिएका गाडीहरू

रसुवा । नेपाल-चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रको मितेरी पुल बगाएको छ। बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडीहरू पनि बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार, बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसहरूको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका छन्। उनीहरूको उद्धारका लागि हेलिकप्टरमार्फत नेपाली सेनालाई अनुरोध गरिएको छ। बाढीले पुर्‍याएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले बताए।

यस्तै, रसुवागढी हाइड्रोका कर्मचारीहरू पनि बाढीको चपेटामा परेका कारण उद्धारको पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ