रसुवागढी हाइड्रोपावर ड्याममा क्षति, पासाङल्हामु राजमार्ग अवरुद्ध; १८ जना बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
797
Shares
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आज बिहान ६ बजेदेखि आएको भीषण बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको छ।
यस बाढीले पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डलाई पूर्ण रूपमा कटान गरी पहिरो खसालेर अवरुद्ध बनाएको छ।
लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएपछि यो ठूलो क्षति भएको हो। बाढीबाट हालसम्म १८ जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौ जना र छ जना चिनियाँ नागरिक रहेका छन्।