arrow

वडा कार्यालयमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
aaglagi-shuklagandaki.jpg

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ को कार्यालयमा बुधबार आगलागी भएको छ । 

विद्युत सर्ट भएर भएको आगलागीबाट कार्यालयका सबै सामग्री जलेर नष्ट भएको बताइएको छ ।

आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए । 

उनका अनुसार ९० वटा कुर्ची, चार वटा दराज, सोफा, टेवल, फ्रिजलगायतका सामग्री सबै जलेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ