ग्लोबल आईएमई समुन्नत योजना–२ को इकाईको बिक्री शुक्रबार साँझदेखि बन्द हुने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
433
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही ‘ग्लोबल आईएमई समुन्नत योजना–२’ को शेयर बिक्री शुक्रबार साँझदेखि बन्द हुने भएको छ ।
माग भन्दा बढीको निवेदन परेसँगै कम्पनीले शुक्रबार कार्यालय समयपछि बिक्री बन्द गरिने जनाएको हो । प्रति इकाई अंकित मूल्य रु.१०।– दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६,००,००,००० (छ करोड) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम् १५ (पन्ध्र) प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटल लि.लाई १.५ प्रतिशत अर्थात १८,००,००० (अठार लाख मात्र) इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आईएमई बैंक लि.को लागि १३.५० प्रतिशत अर्थात् १,६२,००,००० (एक करोड बैसठ्ठी लाख मात्र) इकाई बीज पूँजीको रुपमा राखी बाँकी १०,२०,००,००० (दश करोड बीस लाख मात्र) इकाइहरु गत असार २२ गतेदेखि खुला भएको थियो ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सर्वसाधारण आवेदकहरुबाट माग भन्दा बढी इकाईको लागि आवेदन प्राप्त हुन आएकोले २७ गते (बैंकिङ्ग समय) पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने जनाएको हो ।
कम्पनीले भनेको छ, 'ग्लोबल आईएमई समुन्नत योजना–२ को इकाई निष्कासन खुल्ला हुने अन्तिम दिन मिति २०८२/०३/२७ गते बैंकिङ्क समयसम्म आवेदन गर्न सकिने भएकोले सो समयसम्म माग भन्दा बढी थप २५% इकाइको लागि आवेदन प्राप्त भई योजनाको आकार रु.१,५०,००,००,०००।०० (अक्षरेपी एक अर्ब पचास करोड) पुग्ने र ओभरसब्सक्राइब्ड हुने पूर्ण विश्वास लिएका छौं ।'
'यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने नियामक निकायहरु, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सञ्चार माध्यमहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ', विज्ञप्तिमा भनिएको छ ।