arrow

बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
kaligandaki-coidor.jpg

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार, सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको र त्यो क्रम अझै रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भए पनि तत्काल पहिरो पन्छाउन असम्भव देखिएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ