arrow

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
250px-Nawalpur_District.png

नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। हुप्सेकोट–१, बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई बिहान करिब ७ बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा शर्पुञ्जालाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट दीपेन्द्रको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ। घाइते शर्पुञ्जाको उद्धार गरी उपचारका लागि कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको नेपालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ