arrow

'अक्सियम मिसन–४' पृथ्वी फर्किँदै: नासाले गर्‍यो सीधा प्रसारणको तयारी, भारतीय वायुसेनाका पाइलट शुक्ला पनि टोलीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
international-space-station-iss.jpg

काठमाडौं। अमेरिकी अन्तरिक्ष संस्था नासाले ’अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट पृथ्वी फर्किँदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ। यो मिसन नासाको सहकार्यमा सञ्चालित एक निजी अन्तरिक्ष अभियान हो।

सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको यो मिसनमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए। टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरेकी थिइन्। टोलीमा पोल्यान्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए। शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन्, जसको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि मानिएको छ।

मिसनका क्रममा करिब ६० भन्दा बढी वैज्ञानिक अनुसन्धान सम्पन्न गरिएको थियो। अब यो टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किँदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ गर्नेछ। यो प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ।

शुभांशु शुक्लाको यो उपलब्धिले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ